विन नेपाल लघुवित्तको साधारण सभा फागुन २९ गते आह्वान

0
Shares

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २९ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।  सञ्चालक समिति बैठकले होटल उग्रचण्डी, बनेपामा उक्त दिन दिउँसो २ बजेदेखि सभा सुरु हुने निर्णय गरेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।  सभामा विन नेपाल लघुवित्त र अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ ।

साथै सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ४ गते बुकक्लोज गर्ने जनाएको छ । बुकक्लोज अनुसार फागुन ३ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।