कृषि विकास बैंकले लाभांश वितरण नगर्ने


कृषि विकास बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।

माघ २५ गते बसेको बैंकको १०७८ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८\७९ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।यस बैंकले गत आर्थिक वर्ष भने सेयरधनीलाई ११ प्रतिशत नगद तथा २ प्रतिशत बोनस सेयर दिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा १ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिएको थियो ।

बिहीबार बजार बन्द हुँदा बैंकको सेयर मूल्य प्रतिकित्ता २४२ रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।