नागरिक लगानी कोषको नाफा बढेपनि घट्यो प्रति सेयर आम्दानी

0
Shares

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड २७ लाख ६४ हजार रुपैयाँले नाफा बढाएपनि कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी भने ३ रुपैयाँ ६० पैसाले घटेको छ । आज सार्वजनिक भएको कोषको अपरिष्कृत वित्तीय विवरण अनुसार कोषको खुद नाफा ५४ करोड ६० लाख २ हजार रुपैयाँ छ । गत आवको सोही अवधिमा ५१ करोड ३२ लाख ३८ हजार रुपैयाँ थियो ।

नाफा बढेपनि कोषको प्रति सेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कोषको पुँजी वृद्धिको तुलनामा नाफाको वृद्धिदर थोरै हुँदा इपीएस खुम्चिएको छ । कोषको चुक्ता पुँजी २५ प्रतिशत बढेर ५ अर्ब रुपैयाँ पुगेको हो भने खुद नाफा ६.३८ प्रतिशत मात्र बढेको छ । पुससम्म कोषको वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ ५५ पैसा छ । कोषको प्रति सेयर नेटवर्थ १६५ रुपैयाँ ८ पैसा र मूल्य आम्दानी अनुपात १०७.७८ गुणा रहेको छ । कोषको जगेडा कोष ५९.१५ प्रतिशतले बढेर २४ अर्ब ४१ करोड ५४ लाख ९३ हजार रुपैयाँ सञ्चित छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कोषको कुल आम्दानी १०.८१ प्रतिशत बढेर ९२ करोड ४५लाख ८६ हजार कायम भएको छ भने कुल खर्च पनि ३१.०२ प्रतिशत बढेर १९ करोड ६५ लाख ८३ हजार पुगेको छ । आम्दानीभन्दा खर्चको अनुपात बढ्दा कोषको खुद नाफा घटेको हो । समीक्षा अवधिमा कोषको ब्याज आम्दानी ८.०७ प्रतिशत र सेवा शुल्क तथा कमिशन आम्दानी १२.०९ प्रतिशत बढेको छ । पुससम्म कोषले ब्याज आम्दानी वापत २२ करोड ९५ लाख५ ० हजार र सेवा शुल्क तथा कमिशन आम्दानी आय ६८ करोड ४८ लाख १७ हजार रुपैयाँ छ ।

एक वर्षको अवधधिमा कोषको लगानी ३० अर्बले बढेर २ खर्ब ३५ अर्ब ५ करोड ८ लाख पुगेको छ भने सहायक कम्पनीमा २ अर्ब ५५ करोड लगानी गरेको छ । मुद्दती निक्षेपमा मात्रै कोषले १ खर्ब २४ अर्ब ९७ करोड ८१ लाख लगानी गर्दा नेपाल सरकारको ऋणपत्रमा ५० करोड र बैंक मौज्दातमा २ अर्ब १ करोड ४७ लाख रुपैयाँ सञ्चित गरेको छ । यस अवधिमा कोषको लगानी रहको नेप्सेमा सूचीकृत संगठित कम्पनीको सेयर लगानी प्रतिशतले ९.५०% वृद्धि भई ३० अर्ब ९४ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

कोषले २४ अर्ब ९० करोड समयकालीन कर्जा लगानी गर्दा ५१ अर्ब १७ करोड ८६ लाख सहभागि सापटी तथा आवास कर्जा लगानी गरेको छ । पुससम्म कोषको १३ अर्ब ७३ करोड बराबर चालु सम्पत्ति छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।