मुक्तिनाथ कृषि कम्पनी नाफामा उक्लियो

0
Shares

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड खुद नोक्सानीबाट नाफामा उक्लिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको कम्पनीले ४९ लाख रुपैयाँ २० हजार नाफा कमाएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । सञ्चालन आम्दानी बढेसँगै कम्पनीको खुद नाफा ऋणात्मकबाट धनात्मक बनेको हो ।

आज प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ८ करोड ९२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेका गरेको यस कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा १९ करोड ४६ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन ११८.१२ प्रतिशत बढी हो ।

चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटी ६ करोड रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ७ रुपैयाँ ८६ पैसा ऋणात्मकबाट १ रुपैयाँ ४१ पैसा धनात्मक भएको छ । प्रति सेयर नेटवर्थ ९१ रुपैयाँ ४२ पैसा रहेको कम्पनीको पुस मसान्तमा मूल्य आम्दानी अनुपात ७७५.८३ गुणा छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको कुल नाफा २२५.१५ प्रतिशत बढेर ५ करोड ६१ लाख ४४ हजार र कुल आम्दानी २१६.७१ प्रतिशत बढेर ५ करोड ६४ लाख ४० हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको कुल सञ्चालन खर्च २९.०९ प्रतिशत बढेर ५ करोड १४ लाख रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।