कालिका लघुवित्तको साधारण सभा आह्वान, छैन लाभांश

0
Shares

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश विना नै आगामी फागुन २४ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले होटल टास्क इन्टरनेशनल प्रालिको सभाहल पोखरा, कास्कीमा विहान ९ बजे सभा डाकेको हो ।

गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनैपनि प्रकारको लाभांश वितरणको प्रस्ताव गरेको छैन । अघिल्लो आवबाट भने लघुवित्तले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश सहित कुल २० प्रतिशत लाभांश दिएको थियो ।

सभाले कालिका लघुवित्त र अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्ने भएको छ । यस्तै सभाले गत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण र संस्थापक सेयरधनीको तर्फबाट एक जना महिला सञ्चालक निर्वाचन गर्ने भएको छ ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले फागुन १४ गते सोमबारदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । बुकक्लोजको आधारमा फागुन १३ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।