सन सेक्युरिटिज र युनिग्लोब सेकेण्डरी स्कुलबीच सेयर तालिम सम्झौता

0
Shares

सन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६४) र युनिग्लोब सेकेण्डरी स्कुलबीच वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौता माघ २६ गते शुक्रबारका दिन एक कार्यक्रमकाबीच सम्पन्न भएको हो ।

‘सन नलेज पार्टनरशिप’ कार्यक्रमअन्तरगत भएको यस सम्झौतामा सन सेक्युरिटिजले युनिग्लोब कलेज अन्तरगत १०+२ मा अध्ययनरत विद्यार्थीहरुलाई वर्षैभरी सेयर बजार र यसका विभिन्नपक्षहरुसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ ।

यसका साथै प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरुका साथै धितोपत्रको दोश्रो बजार अन्तर्गत गरिने कारोबार तथा लगानीसँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरु प्रदान गर्नेछ ।

यस सम्झौताअन्तर्गत युनिग्लोब कलेजका विद्यार्थी तथा तिनका परिवार र शिक्षक एवं कर्मचारीहरुलाई सन सेक्युरिटिजले तालिमका साथै बजारसँग अझै नजिक बनाउन आवश्यक हुने डिम्याट खाता, मेरो सेयर निःशुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ ।

साथै कलेजसँगको समन्वयमा १०+२ मा अध्ययनरत विद्यार्थीहरुलाई एकेडेमिक हिसाबले उपयक्त हुने गरी गेष्ट लेक्चरहरु समेत प्रदान गर्नेछ ।

सम्झौतामा कलेजका तर्फबाट प्रिन्सिपल डा. गणेश रेग्मी र सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीले हस्ताक्षर गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।