श्री इन्भेष्टमेन्टको नगद लाभांश वितरण

0
Shares

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको नगद लाभांश वितरण भएको छ । कम्पनीले सम्बन्धित सेयरधनीको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा पुस २९ गतेदेखि नै नगद जम्मा गरिएका कम्पनीले जनाएको छ ।

फाइनान्सको पुस २९ गते सम्पन्न २९ औं वार्षिक साधारण सभाबाट आव २०७९–८० को लागि ५.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो । कम्पनीले नियमानुसार नगद लाभांशमा लाग्ने कर कट्टी गरी बाँकी नगद लाभांश वितरण गरेको हो ।

हितग्राही खातामा बैंक खाता विवरण अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा रकम जम्मा गरेको हो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरु हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतीकीकरण नगराउनु भएका सेयरधनीले आफ्नो सेयर प्रमाणपत्र अभौतीकीकरण गराई सो सँगसगै हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराई समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्नु कम्पनीले अनुरोध गरेको छ ।

साथै आफ्नो सेयर धितो राखेका सेयरधनीको हकमा समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्नको लागि सम्बन्धि बैंकको स्वीकृत पत्र सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्नुपर्ने जनाइएको छ । यसैगरी पुरानो नगद लाभांश रकम बुझिलिन बाँकी रहेका सेयरधनीले हितग्राही खातामा बैंक खाता अध्यावधिक गरि सो को जानकारी मुक्तिनाथ क्यापिटल लिमिटेडमा गनुपर्ने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।