कृषि विकास बैंकको नगद लाभांश वितरण

0
Shares

कृषि विकास बैंक लिमिटेडको नगद लाभांश वितरण भएको छ । बैंकको २०७९ चैत १४ गते मंगलबार सम्पन्न भएको १६ औं वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश आइतबारदेखि वितरण थालिएको हो ।

साधारण सभाबाट पारित भएको दश महीनाभन्दा बढी अवधिपछि मात्रै सरकारी बैंकले सेयरधनीको नगद लाभांश क्लियरिङ्ग हाउसको आईपीएस मार्फत सम्बन्धित सेयरधनीको खातामा पठाएको हो ।

बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा २०७९ चैत १४ गते सम्पन्न साधारण सभाले ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर गरी कुल १३ प्रतिशत लाभांश पारित गरेको थियो ।

साधारण सभाका लागि बैंकले फागुन ३० गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार २०७९ फागुन २९ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्रै उक्त लाभांश पाउनेछन् ।

गत आर्थिक वष २०७९–८० बाट भने बैंकले लाभांश वितरण नगर्ने जनाइसकेको छ ।

कृषि विकास बैंकले लाभांश वितरण नगर्ने

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।