हिमालयन एभरेष्ट इन्स्योरेन्सले बाँड्यो नगद लाभांश

0
Shares

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नगद लाभांश बाँडेको छ । कम्पनीको माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित कर सहित ६.३७ प्रतिशत नगद लाभांश वितरण गरिएको हो ।

कम्पनीका अनुसार माघ २८ गतेदेखि बुकक्लोज मितिको अघिल्लो दिनसम्म कायम सम्बन्धित सेयरधनीको हितग्राही खातामा रहेको बैंक खातामा जम्मा गरिएको हो । साधारण सभाबाट पारित ८.६३ प्रतिशत बोनस सेयर भने नेप्सेमा सूचीकरण भएपछि मात्र सम्बन्धीत सेयरधनीको हितग्राही खातामा जम्मा गरिने जनाइएको छ ।

साधारण सभा प्रयोजनका लागि सेयर दाखिला बन्द मिति माघ १४ को अघिल्लो दिन १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।

हालसम्म पनि कागजी सेयर धारण गरेका सेयरधनीलाई हितग्राही खाता खोली सेयर अभौतिकीकरण नगराएसम्म लाभांश वितरण नगर्ने जनाएको छ । लाभांश पाउन सेयरधनीले आफूलाई पायक पर्ने निक्षेप सदस्यकोमा हितग्राही खाता खोली यथाशिघ्र सेयर अभौतिकीकरण गरी हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक गराउन भनेको छ ।

कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड वालुवाटार रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।