नोक्सानी घटाउँदै सिटि होटल, पुससम्म पौने १२ करोड घाटामा

0
Shares

सिटि होटल लिमिटेडले नोक्सानी घटाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासम्म १३ करोड २४ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको यस होटलले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ११ करोड ७९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । समीक्षा अवधिमा १ करोड ४५ लाखले नोक्सानी घटेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार होटललको आम्दानी बढेको छ । पुससम्म होटलले २४ करोड ३० लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । होटलको आम्दानी १४.६१ प्रतिशत बढेको हो ।  चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको होटलको अन्य इक्विटी ५ करोड ८५ लाख रुपैयाँ ऋणात्मक छ। यस अवधिमा होटलको वार्षिक प्रति सेयर आमदानी १४ रुपैयाँ १० पैसा ऋणात्मक रहँदा प्रति सेयर नेटवर्थ ९६ रुपैयाँ ५० पैसा छ ।

काठमाण्डौंको सोल्टीमोडमा ‘हायात प्यालेस’ को नाममा सञ्चालनमा रहेको पाँचतारे होटलको समीक्षा अवधिमा कुल आम्दानी २४.९८ प्रतिशत बढेर २७ करोड ८५ लाख १७ हजार कायम छ । यस्तै कुल खर्च १८.३२ प्रतिशत बढेर १८ करोड ६९ लाख ७७ हजार पुगेको छ । यसतै वित्तीय खर्च ५.५७ प्रतिशत बढेर १७ करोड ४८ लाख ९१ हजार रहेको छ ।

एनएमबि बैंकका अध्यक्ष तथा बैंक तथा वित्तीय संस्था परिसंघका पूर्व अध्यक्ष पवन गोल्यानको प्रमुख लगानी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।