हिमालयन रिको खुद नाफा शतप्रतिशत बढ्यो, अधिकांश सूचकमा सुधार


हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६० करोड २७ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा ३० करोड १७ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको खुद नाफा समीक्षा अवधिमा ९९.७३ प्रतिशतले वृद्धि भएको हो ।

दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ९९ करोड ६० लाख ५१ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आवको यसै अवधिसम्म कम्पनीले ७८ करोड ३८ लाख ४४ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा खुद बीमा शुल्क १५४.६५ प्रतिशतले बढेको हो ।

यस्तै २०८० पुससम्ममा हिमालयन रिले ७३ करोड १५ लाख ४३ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको यसै अवधिमा इन्स्योरेन्सले ४८ करोड ४८ लाख २ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कुल दाबी भुक्तानी गत वर्षको तुलनामा ५०.९० प्रतिशतले बढेको हो ।

त्यसैगरी, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ९२.८४ प्रतिशत बढेर २ अर्ब ४६ करोड ९६ लाख ३२ हजार रुपैयाँ पुगेको छ भने कुल खर्च ८९.३५ प्रतिशत बढेर १ अर्ब ६० करोड ८६ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १० अर्ब रहँदा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५ पैसा कायम भएको छ । गत आवको सोही अवधिमा ९ रुपैयाँ २३ पैसा इपीएस थियो ।

कम्पनीको महाविपत्ती कोषमा ७ करोड ७० लाख ५४ हजार रुपैयाँ सञ्चित रहेकोे छ । यत वर्षको सोही अवधिमा कम्पनीको महाविपत्ती कोषमा ३ करोड ७१ लाख ८० हजार रुपैयाँ संचित थियो । कम्पनीको शेयर प्रिमियम ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ६९ करोड २८ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ४१ लाख रुपैयाँ छ ।

पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४१.३१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ३० पैसा रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।