सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद नाफामा उछाल

0
Shares

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको खुद नाफामा ११७.३४ प्रतिशतको उच्च सुधार आएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार इन्स्योरेन्स कम्पनीले ३६ करोड ९ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा इन्स्योरेन्सको नाफा १६ करोड ६० लाख ८६ हजार रुपैयाँ थियो । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जरको सिनर्जीका कारण कम्पनीको मुनाफामा उच्च सुधार आएको हो ।

चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ कायम हुँदा इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ती कोषको आकार गत असार मसान्तको तुलनामा ११.४३% बढेर १७ करोड ५९ लाख ५३ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्ग ७९% लेवृद्धि भई ७६ करोड ८८ लाख ४८ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको अन्य इक्विटी भने २३.८५% ले घटेर १ अर्ब १६ करोड ७४ लाख ५४ हजार रुपैयाँ सञ्चित छ ।

नाफा वृद्धि भएसँगै इन्स्योरेन्सको वार्षिक प्रति सेयर आम्दानी २ रुपैयाँ ४ पैसा बढेर २५ रुपैयाँ ७२ पैसा पुगेको छ । पुस मसान्तसम्ममा प्रति सेयर नेटवर्थ २६४ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात २९.३१ गुणा छ ।


समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १३२ प्रतिशत बढेर १ अर्ब ३३ करोड ३२ लाख ८४ हजार रुपैयाँ पुगेको छ । यस्तै कुल खर्च १४०.४५ प्रतिशत बढेर ८१ करोड ७६ लाख ३ हजार तथा खुद दाबी भुक्तानी २२३.७९ प्रतिशत बढेर ४६ करोठ६ लाख ९२ हजार रहेको छ ।

प्रकाशित विवरण अनुसार इन्स्योरेन्सको चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ७९ करोड २५ लाख ७६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ३० करोड १ लाख ५२ हजार रुपैयाँ रहेकोमा १६४.०६ प्रतिशतले बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।