दोर्दीखोला जलविद्युतको नाफा १२४% बढ्यो

0
Shares

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०–८१ को ६ महीनामा अवधिमा ३ करोड १८ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

दोर्दी खोला जलविद्युतले गत आवको यसै अवधिमा १ करोड ४२ लाख नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको नाफा १२३.९३ प्रतिशत वृद्धि भएको हो ।

चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले कुल १९ करोड ४५ लाख ३ हजार आम्दानी गरेको छ । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । गत आवको यसै अवधिमा कम्पनीको कुल आम्दानी ८ करोड ७५ लाख ९६ हजार रुपैयाँ थियो ।

चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४ पैसा, प्रति सेयर नेटवर्थ १०३ रुपैयाँ ६ पैसा र मूल्य आम्दानी अनुपात ६१ दशमलव ७६ गुणा छ । दोस्रो त्रैमाससम्ममा जगेडा कोषमा ३ करोड २२ लाख २७ हजार रुपैयाँ सञ्चित छ । गत आवको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३ अर्ब २७ करोड १४ लाख थियो ।

कम्पनीको विद्युत उत्पादन खर्च ७८ लाख ५४ हजारबाट १ अर्ब ५७ करोठ ७३लाख पुगेको छ । यस्तै वित्तीय खर्च ५ करोड २१ लाखबाट बढेर १२ करोड १८ लाख, प्रशासनिक खर्च ४९ लाखबाट ९९ लाख र ह्रासकट्टी ८४ लाखबाट १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । पुससम्म कम्पनीको दीर्घकालीन ऋण दायित्व १ अर्ब ७७ करोड ३४ लाख रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।