अपर हेवाखोला पौने ९ करोड नोक्सानीमा

0
Shares

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड दोस्रो त्रैमासमा ८ करोड ६८ लाख ६३ हजार नोक्सानीमा पुगेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनी ४ करोड ६३ लाख ५० हजार नाफामा थियो । आम्दानी उच्च रुपमा घटेको कम्पनीको वित्तीय खर्च बढेसँगै कम्पनी नोक्सानीमा पुगेको हो ।

चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय खर्च ६ करोड ६ लाख७० हजार पुगेको छ । गत आवमा ३ करोड ८१ लाख ११ हजार रुपैयाँ रहेको थियो । यसैगरी कम्पनीको कुल आम्दानी पनि १२ करोड १ लाख ३० हजार रुपैयाँबाट घटेर ४० लाख ४१ हजार रुपैयाँमा झरेको छ ।

वित्तीय विवरण अनुसार कम्पनी दोस्रो त्रैमाससम्ममा चुक्ता पुँजी ५० करोड छ भने रिटेन्ड अर्निङ ७ करोड ८१ लाख ४ हजार ऋणात्मक रहेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रति सेयर आम्दानी ३४ रुपैयाँ ७५ पैसा ऋणात्मक र प्रति सेयर नेटवर्थ ८६ रुपैयाँ ९० पैसा छ ।

कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएको अपर हेवाखोला जलविद्युत अयाोजनामा गत असार २ गते आएको भिषण बाढिले ब्यापक क्षति पुर्याएको र सोही मिति देखि उत्पादन बन्द भएको थियो । यस अवधिसम्म आयोजनाको मर्मत तथा पुन निर्माण कार्य तिव्र गतिमा भैरहेको र क्षतिग्रस्त विद्युत प्रसारण लाइनको मर्मत कार्य सम्पन्न भएको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।