डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा चालू आवको दोस्रो त्रैमाससम्म ४३.६८ प्रतिशत घटेको छ । खराब कर्जा अनुपात बढेसँगै कम्पनीके मुनाफा घटेको हो । पुससम्म कम्पनीले १२ करोड १३ लाख १७ हजार मात्रै नाफा आर्जन गरेको हो । गत आवको यसै अवधिमा कम्पनीले २१ करोड ५३ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
चुक्ता पुँजी १ अर्ब ५५ करोड १० लाख ८८ हजार रुपैयाँ रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा जगेडामा कोषमा १ अर्ब १८ करोड १९ लाख र रिटेन्ड अर्निङमा ५६ करोड ८३ लाख ६९ हजार रुपैयाँ सञ्चित छ । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा १० करोड ४ लाख ८२ हजार रुपैयाँ रहेको छ । नाफा घटेसँगै लघुवित्तको प्रति सेयर आम्दानी पनि घटेर १५ रुपैयाँ ६४ पैसामा झरेको छ । गत आवको सोही अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ३१ रुपैयाँ ५ पैसा रहेको थियो ।
गत आवमा कम्पनीको खराब कर्जा ३.७४ प्रतिशत रहेकोमा चालू आवमा बढेर १०.४१ प्रतिशत पुगेको छ ।
सार्वजनिक वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि घटेको छ । यसले पनि नाफा प्रभावित बनाएको हो । खुद ब्याज आम्दानी ९.१८ प्रतिशतले घटेर ५८ करोड ८६ लाख ३४ हजार रुपैयाँमा आएको छ । यस्तै सञ्चालन नाफा ४३.६८ प्रतिशतले घटेर १७ करोड ३३ लाख १० हजार रुपैयाँमा सीमित भएको छ ।
पुस समान्तसम्म कम्पनीले ९ अर्ब १० करोड ११ लाख निक्षेप संकलन गरी २१ अर्ब ७० करोड ३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । जुन क्रमशः ०.६१ र ७.२७ प्रतिशतको वृद्धि हो । लघुवित्तको कस्ट अफ फन्ड ९.६६प्रतिशत, आधारदर १४.०६ प्रतिशत र प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ८४ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
