एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्म १५ करोड ९८ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा बीमाङ्कीय मूल्याङ्कन अघिको हो । जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा नाफा हेरफेर हुनसक्छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ३४ लाख ५९ हजार रुपैयाँ नाफा कमाएकोमा ११.५० प्रतिशत वृद्धि भएको हो ।
दोस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ६७ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीले ३ अर्ब ३५ करोड बीमा शुल्क आर्जन गरेको थियो । गत आवको तुलनामा चालू आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन ९.५७ प्रतिशतले वृद्धि भएको हो ।
चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा ४४ करोड ८१ लाख ९५ हजार र महाविपत्ती कोषमा २१ करोड ३ लाख ३५ हजार रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा कम्पनीको प्रति सेयर आम्दानी १० रुपैयाँ २ पैसा छ । नाफासँगै इन्स्योरेन्सको प्रति सेयर आम्दानी पनि ९० पैसा बढेको हो । इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ १२० रुपैयाँ ९३ पैसा र मूल्य आम्दानी अनुपात ६७.८६ प्रतिशत रहेको छ ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको कुल आम्दानी ५ अर्ब ५९ करोड २५ लाख १ हजार रहेको छ । गत आवमा कम्पनीको आम्दानीमा ५ अर्ब १० करोड ११ लाख ८१ हजार रुपैयाँ थियो । चालू आवमा कम्पनीको आम्दानीमा ९.६३% वृद्धि भएकाले नाफा बढेको हो । इन्स्योरेन्सको कुल कुल खर्च ३.५६ प्रतिशत बढेर ५ अर्ब ८ करोड ४५ लाख ४० हजार रुपैयाँ रहेको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ९.६१ प्रतिशत बढेर ३ अर्ब ५७ करोड ९६ लाख ३२ हजार रुपैयाँ छ । यस्तै खुद दाबी भुक्तानी ८.२३ प्रतिशत बढेर ४ अर्ब ४६ करोड ३९ लाख ४४ हजार रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको चुक्ता पुँजी ५.८८% र महाविपत्ती कोष २०.६१ प्रतिशतले बढेको छ । कम्पनीको रिटेन्ड अर्निङ्ग १५.९७% ले घटेको छ ।
एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ९.६१ प्रतिशत बढेर ३ अर्ब ५७ करोड ९६ लाख ३२ हजार रुपैयाँ छ । यस्तै खुद दाबी भुक्तानी ८.२३ प्रतिशत बढेर ४ अर्ब ४६ करोड ३९ लाख ४४ हजार रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको चुक्ता पुँजी ५.८८% र महाविपत्ती कोष २०.६१ प्रतिशतले बढेको छ । कम्पनीको रिटेन्ड अर्निङ्ग १५.९७% ले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
