अरुण भ्याली हाइड्रोपावरको ५०% ले घट्यो नाफा

0
Shares

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको खुद नाफा ५०.८८ प्रतिशतले घटेको छ । विद्युत बिक्री आम्दानीमा उच्च गिरावट आएसँगै कम्पनीको खुद नाफा र प्रति सेयर आम्दानी दुबै घटेको हो ।

चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्म कम्पनीले २ करोड ३२ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ७३ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री ८२.४४ प्रतिशतले घटेको छ । पुससम्म कम्पनीको विद्युत बिक्री आय ३ करोड २० लाख १९ हजार रुपैयाँ छ । गत पुसमा विद्युत बिक्री आय १८ करोड २३ लाख ८० हजार रुपैयाँ थियो ।

बाढीले क्षति पुर्याएपछि कम्पनीले सञ्चालनमा ल्याएको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन कार्य बन्द भएसँगै कम्पनीको विद्युत बिक्री आम्दानी उच्च रुपमा घटेको हो ।

प्रकाशित वित्तीय विवरण अनुसार चुक्ता पुँजी ८ प्रतिशतले बढेर १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार रुपैयाँ रहेको छ । यस्तै अन्य इक्विटी भने ५८.१७% घटेर ८ करोड २६ लाख ६८ हजार रुपैयाँ सीमित बनेको छ ।

कम्पनीको वार्षिक प्रति सेयर आम्दानी २ रुपैयाँ ९९ पैसा घटेर २ रुपैयाँ ४९ पैसामा संकुचित बनेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ १०४ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात ११० रुपैयाँ ३७ गुणा छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीको कुल नाफा ८७.०१ प्रतिशत घटेर १ करोड ९९ लाख ६१ हजार रुपैयाँमा सीमित बनेको छ । कम्पनीको सञ्चालन नाफा ५ करोड ५१ लाख ६६ हजार रुपैयाँबाट घटेर ५ करोड १ लाख ५ हजार रुपैयाँमा झरेको छ ।

यस्तै कम्पनीको कुल खर्च ०.२३ प्रतिशत बढेर १२ करोड २४ लाख ९९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको अन्य आय २ करोड ४० लाख ९४ हजारबाट बढेर १५ करोड २९ लाख ९८ हजार पुगेको छ । कम्पनीको वित्तीय खर्च ८ करोड ११ लाखबाट घटेर ७ करोड ६२ लाख रुपैयाँमा सुधार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।