कुमारी सबल योजनाको इकाईमा आवेदन दिने म्याद थप


कुमारी सबल योजनामा आवेदन दिने म्याद थप गरिएको छ । कुमारी क्यापिटल लिमिटेडले आइतबारदेखि निष्काशन गरेको इकाईमा अब फागुन १३ गतेसम्म आवेदन दिन सकिने छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशित कुल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई र १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्री खुला हुनेछ ।

फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउनेछन् । दश वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

सार्वजनिक निष्कासन खुला भएको १५ दिन अवधिभित्र कम्तिमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया सुरु हुनेछ । आधाभन्दा बढी इकाई बिक्री भए इकाईको बाँडफाँड गर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।