युनाइटेड इदी मार्दीको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

0
Shares

युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर मूल्य समायोजना भएको छ । कम्पनीले वितरण गर्न प्रस्ताव गरेको ५.५० प्रतिशत बोनस सेयरपछि नेप्सेले मूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबार कायम अन्तिम मूल्य ३९५ रुपैयाँमा बोनस सेयर समायोजन गरी प्रतिकित्ता भाउ ३७४ रुपैयाँ ४१ पैसा तोकेको छ । समायोजित मूल्य अनुसार नै आइतबार कम्पनीको धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार सुचारु हुनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन ४ गते शुक्रबार बुकक्लोज गर्दैछ । बुकक्लोज अनुसार फागुन ३ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

लाभांश पारित गर्न कम्पनीले फागुन १७ गते बिहीबार आभ्या क्लब, घारीपाटन पोखरामा बिहान ११ बजे १४ औं वार्षिक साधारण सभा बोलाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।