सन नेपालको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७५ रुपैयाँसम्म पाउने

0
Shares

सन नेपाल लाइफले आर्थिक वर्ष २०७९–८० को बोनसदर घोषणा गरेको छ । सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिहजार २५ देखि अधिकतम ७५ रुपैयाँसम्म पाउने भएका छन् ।

कम्पनीको आर्थिक वर्ष २०७९–८० को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको माघ २५ गतेको पत्रमार्फत स्वीकृत भएको हो । सोही अनुसार कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमांकीय मूल्यांकन स्वीकृत नभएसम्मका लागि यस कम्पनीले उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

कम्पनीको नविन आजिवन बीमालेख अन्तर्गत २५ वर्ष वा सो भन्दा बढी अवधिकालागि बीमा गराएका बीमितले ७५ रुपैयाँ बोनस पाउने छन् । सोहि बीमालेख १९ देखि २४ वर्षसम्मका लागि बीमा गराएका बीमितले ६० रुपैयाँ बोनस पाउने कम्पनीले जनाएको छ ।

  • सनलाइफ सावधिक जीवन बीमालेख

सनलाइफ सावधिक जीवन बीमालेखमा कम्पनीले न्यूनतम प्रतिहजार ३० देखि अधिकतम ५० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । यस बीमालेखमा कम्पनीको ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३० रुपैयाँ, १० देखि १४ वर्षका लागि पनि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रति हजार ३० रुपैयाँ बोनसदर कायम भएको छ । यसैगरी २० देखि २४ वर्ष अवधिका लागि प्रति हजार ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ५० रुपैयाँ कायम भएको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको १८ हजार ६७७ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३० रुपैयाँ बोनस प्राप्त गर्नेछन् ।

  • भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक)

भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक) को हकमा कम्पनीले न्यूनतम ३० देखि ५० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । ९ वर्षसम्मका लागि प्रतिहजार ३० रुपैयाँ, १० देखि १४ वर्षका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ५० रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रतिहजार ५० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको ५८५ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३० रुपैयाँ बोनस प्राप्त गर्नेछन् ।

  • बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा)

बाल समृद्ध जीवन बीमालेखमा कम्पनीले न्यूनतम ३० देखि अधिकतम ५० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि प्रतिहजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ५० रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख २५ हजार ४७ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३० रुपैयाँ बोनस प्राप्त गर्नेछन् ।

  • सुनौलो सावधिक जीवन बीमा

सुनौलो सावधिक जीवन बीमा योजनामा कम्पनीले १५ देखि १९ वर्ष अवधिका लागि ३० रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि ५० रुपैयाँ बोनसदर कायम गरेको छ ।

  • नवीन आजीवन जीवन बीमा (सावाधिक तथा आजीवन)

नवीन आजीवन जीवन बीमाको हकमा पनि कम्पनीले न्यूनतम ३८ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले ९ वर्षसम्मका लागि प्रतिहजार ३८ रुपैयाँ र १० देखि १४ वर्ष अवधिका लागि पनि प्रति हजार ३८ रुपैयाँ बोनसदर कायम गरेको छ । यसैगरी १५ देखि १९ वर्ष अवधिका लागि प्रति हजार ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ३ हजार ७०५ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३८ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

  • सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवन

सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवनको हकमा कम्पनीले सबै बीमा अवधि ९१५०मा प्रतिहजार ४२ रुपैयाँ बोनसदर कायम गरेको छ।

  • सीमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु (धनलक्ष्मी बीमा योजना समेत)

सीमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु (धनलक्ष्मी बीमा योजना समेत) यस बीमालेखको हकमा कम्पनीले १४ वर्षसम्मका लागि प्रतिहजार २५ रुपैयाँ बोनसदर कायम गरेको छ । यसैगरी १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार २७ रुपैयाँ र २० वर्ष वा सो भन्दा माथि अवधिका लागि २७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

  • धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा

धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनमा कम्पनीले १ देखि ९ वर्ष अवधिका लागि प्रतिहजार २५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार २५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २७ रुपैयाँ तथा २० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार २७ रुपैयाँ बोनसदर तोकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।