जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षमा मनिष अर्याल

0
Shares

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले अध्यक्षमा मनिष अर्याललाई नियुक्त गरेको छ । कम्पनीको माघ २ गते सम्पन्न सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो । अर्यालले शुक्रबार नियामक नेपाल राष्ट्र बैंकबाट सपथ लिने कार्यक्रम छ ।

अर्याल लघुवित्तमा सर्वसाधारण सेयरधनी समुहबाट सञ्चालक रहेका थिए । लघुवित्त कम्पनीमा सर्वसाधारण सेयरधनी समुहबाट सञ्चालक रहेका व्यक्ति अध्यक्ष चयन भएका हुन् । साढे २ वर्ष अघि अर्याल जाल्पा सामुदायिक लघुवित्तमा प्रवेश गरेका थिए । उनी लामो समयदेखि चाटर्ड अकाउन्टेन्टको रुपमा कार्यरत रहँदै आएका छन् । 

जाल्पा लघुवित्तलाई विषम् परिस्थितीमा अर्यालले गरेको कामको सम्मान गर्दै अध्यक्ष चुनेको संस्थाले उल्लेख गरेको छ । अर्याल जाल्पा र किसान लघुवित्तको मर्जर कमिटिको संयोजक समेत हुन् ।

उक्त दिन बसेको सञ्चालक समितिको बैठकले कम्पनीका अध्यक्ष विर बहादुर अधिकारीले दिएको समेत राजीनामा स्वीकृत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।