धितोपत्रको दोश्रो बजारमा सूचीकृत नभएका कम्पनीहरुले समेत सेयर रजिष्ट्रारको सेवा लिन सक्ने

0
Shares

एनआईसी एशिया क्यापिटलले आईडिया टू आईपीओ सेवा अन्तर्गत दोश्रो बजारमा सूचीकृत नभएका पब्लिक तथा प्रालि कम्पनीहरुलाई समेत सेयर रजिष्ट्रारको सेवा प्रदान गर्ने भएको छ ।

एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित आईडिया टू आईपीओ नामक सेवा संचालन गरिरहेको छ । जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीका स्थापनादेखि आर्यपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पु¥याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

हाल सम्म क्यापिटलको आईडिया टू आईपीओ सेवा अन्तर्गत छोटो समयमा २२ वटा कम्पनीहरुसँग दुई पक्षिय सम्झौता सम्पन्न गरी ५ वटा प्रालि. कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गराई आईपीओ निष्काशनको कार्य समेत सम्पन्न गरिसकेको छ । अन्य बाँकी कम्पनीहरु प्रकृयामा रहेका छन् ।

एनआईसी एशिया क्यापिटलले आईडिया टू आईपीओ सेवालाई अझै परिस्कृत गर्दौ सूचिकरण नभएका पब्लिक कम्पनीहरु तथा प्राइभेट कम्पनीहरुलाई समेत सेयर रजिष्ट्रार र संस्थागत परामर्श सेवा सहित आईपीओ जारी गर्ने चरणसम्म पुर्याउनको लागि निम्नानुसारको सेवा संचालनमा ल्याएको जनाएको छ ।

सेयर रजिष्ट्रार सम्बन्धी सेवा अन्तर्गतः

धितोपत्रको दोश्रो बजारमा सूचिकरण नभएका पब्लिक कम्पनी तथा प्राइभेट कम्पनीहरुलाई समेत शेयर रजिष्ट्रार अन्तर्गत निम्न सेवाहरु प्रदान गरिने जनाएको छ।

– प्रचलित कानुन तथा सम्बन्धित नियमनकारी निकायले तोके बमोजिमको प्रतिवेदन तयार गरिदिने तथा तोकेको समय सीमा भित्र सम्बन्धित निकायहरुमा पेश गर्नुपर्ने विवरण तथा कागजात तयार गर्न आवश्यक सहयोग गर्ने।

-कम्पनीको शेयर कारोवार गर्नको लागि ओटिसी मार्केटसमा सूचिकरण गरिदिने ।

-ओटिसी मार्केटस वा अन्य आपसी समझदारी मार्फत कारोबार भई आएका कारोवारहरुको दाखिला/खारेज वा नामसारीको लागि आवश्यक प्रकृया पूरा गरी/गराई शेयरधनीहरुको लगत अद्यावधिक बनाई राख्ने ।

– कम्पनीको वार्षिक साधारणसभा तथा आवश्यकता अनुसार विशेष साधारणसभा गर्न आवश्यक सहयोग गर्ने ।

– साधारणसभाबाट पारित लाभांश वितरण गरिदिने ।

– आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन गर्न परामर्श दिने ।

– कम्पनी रजिष्ट्रारको कार्यालयबाट शेयर लगत प्रमाणिकरण, संचालक लगत र कम्पनी अद्यावधिक पत्र लिने लगायतका सम्पूर्ण सेवा उपलब्ध गराउने ।

संस्थागत परामर्श सेवा अन्तर्गत

संस्थागत परामर्श सेवा अन्तर्गत प्रा.लि.बाट पब्लिक कम्पनीमा परिणत गर्न आवश्यक सहयोग सहित निम्न अनुसारको परामर्श सेवा प्रदान गरिने जनाएको छ ।

-प्रचलित नियम अनुसार नयाँ प्रा.लि. कम्पनी तथा लिमिटेड कम्पनी संचालन गर्न चाहने व्यक्ति तथा संघ संस्थाहरुको तर्फबाट कम्पनी रजिष्ट्रारको कार्यालय र अन्य सम्बन्धित निकायमा दर्ता गर्दा आवश्यक पर्ने विवरण तथा कागजात तयार गर्न सहयोग गर्ने ।

-कुनै पनि कम्पनीको साधारण शेयर निष्काशन गर्नको लागि सम्बन्धित कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा अद्यावधिक गर्नुपर्ने व्यवस्थाहरु नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड तथा सम्बन्धित नियमनकारी निकायले तोकेको मापदण्ड तथा व्यवस्थाहरु पालना हुने गरी संशोधन गर्न सहयोग गर्ने ।

-कम्पनीको पुँजी पुनरसंरचना गर्न सहयोग गर्ने । कम्पनीको पुँजी पुनरसंरचना गर्दा स्वःपूँजी वा साधारण शेयरमा परिवर्तनीय धितोपत्र वा ऋणको स्वरुप भएको उपकरण वा ऋण वा स्वःपूँजीसँग सम्बन्धित अन्य अपकरणहरु मध्ये कम्पनीको लागि जुन उपयुक्त हुन्छ सोही अनुसारको पूँजी संरचना तयार पार्न आवश्यक सहयोग गर्ने ।

– कम्पनीको वित्तीय अवस्थाको अध्ययन गरी कम्पनीलाई आवश्यक इक्वीटी शेयर तथा अग्राधिकार शेयर क्यापिटल व्यक्तिगत तवरबाट संकलन गर्न कम्पनीको मुल्याङ्कन गरी उचित प्रति शेयर मुल्य निर्धारण गर्न सहयोग गर्ने ।

-कम्पनीको सर्वसाधारणमा शेयर निष्काशन गर्दा उक्त समयमा कायम कम्पनीको वित्तीय अवस्था र प्रचलित कानूनमा भएको व्यवस्था अनुसार सर्वसाधारणमा जारी गर्दा अंकित मूल्य, प्रिमियम मूल्य वा बुक बिल्डिङ्ग बिधि मध्ये जुन उपयुक्त हुन्छ सोही अनुसार उचित समयमा साधारण शेयर निष्काशन गर्नको लागि परामर्श उपलब्ध गराउने ।

– कम्पनीलाई नयाँ उचाइमा पु¥याउनको लागि सम्बन्धित कम्पनीको व्यवसायको मापन, तत्काल सुधार गर्नुपर्ने पक्ष, दक्ष जनशक्तिको विकास तथा नियुक्ती, कम्पनीको ब्राण्डिङ्ग, व्यवसायीक कार्य योजना, भविष्यमा आइपर्ने चुनौतिहरुको सामना गर्नको लागि आवश्यक रणनीतिको तर्जुमा, व्यवसाय विस्तार तथा लागत कम गर्नको लागि नविनतम् प्रविधिको प्रयोग सम्बन्धमा खोजविन गरी कार्यन्वयन गराउन आवश्यक सहयोग गर्ने ।

-कुनै पनि कम्पनीको आईपीओ जारी गर्न योग्य देखिएको खण्डमा तुरुन्त आईपीओ जारी गर्न आवश्यक प्रकृया अगाडी बढाइदिने ।

क्यापिटलको पुँजी पुनरसंरचना सेवा जुन सुकै क्षेत्र तथा जुन सुकै चरणमा रहेका कम्पनीहरुले लिन सक्नेछन् र उक्त सेवा अन्तर्गत प्राइभेट कम्पनीलाई पब्लिकमा परिणत गराई आईपीओ निष्काशन र निष्काशन पश्चात्को सेयर रजिष्ट्रार सम्मको सेवा एकीकृत रुपमा प्रदान गरिने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।