नेपालपे क्यूआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १०% क्यासब्याक

0
Shares

अब ग्राहकहरुले नेपालपे क्यूआर स्क्यान गरी सेल्सबेरीमा भुक्तानी गर्दा १०% वा अधिकतम एक सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन । उक्त अफर नेपाल भरी रहेका सम्पूर्ण सेल्सबेरीको स्टोरहरुमा फाल्गुण ५ गतेबाट फाल्गुण २० गतेसम्म उपलब्ध हुने जनाइएको छ ।

उक्त अफरमा ग्राहकहरुले सेल्सबेरीको स्टोरमा सामान खरिद गर्दा स्टोरमा रहेको डायनामिक क्यूआर स्क्यान गरी भुक्तानी गरी प्रति दिन एक कारोबारमा क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने अफर अवधिभरि ३ पटक सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

नेपालपे क्यूआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत क्यूआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपालपे क्यूआर मा ४ लाख ६५ हजार र स्मार्ठ क्यूआर को २ लाख ५० हजार समेत गरी ७ लाख १५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।