लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले पुवा खोला–वान हाइड्रोमा रणनीतिक लगानीे गर्ने 

लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले पुवा खोला–वान हाइड्रोमा रणनीतिक लगानीे गर्ने 

एलएस (लक्ष्मी सनराइज) क्यापिटल कोष प्रबन्धक भएको  लक्ष्मी सस्टेनेबल एनर्जी फन्डले  पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण माइलस्टोन घोषणा गरेको छ ।
 
उक्त सम्झौता-पत्रमा एलएस (लक्ष्मी सनराइज) क्यापिटलको तर्फबाट अध्यक्ष राजिब सापकोटा तथा पुवा खोला–वान हाइड्रोपावरको तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरे । विशिष्टीकृत लगानी कोष नियमावलि २०७५ अन्र्तगत  प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्न कोष प्रबन्धकको इजाजतपत्र प्राप्त गर्ने पहिलो केही कम्पनीहरूमध्ये एलएस (लक्ष्मी सनराइज) क्यापिटल एक हो । एलएस (लक्ष्मी सनराइज) क्यापिटको पहिलो प्राइभेट  इक्विटी कोष हो। 
 
एलएसईएफ कोषको आकार १ अर्ब रहेको छ । एलएसईएफ बजारको तुलनामा उच्च प्रतिफल प्रदान गर्दै समाजमा प्रभाव पार्ने उद्देश्यले सुरु गरिएको कोष हो । एलएस (लक्ष्मी सनराइज) क्यापिटल मर्चन्ट बैक मध्ये प्राइभेट  इक्विटी कोष खोल्न स्वीकृति प्राप्त गरी  लगानी गर्ने पहिलो मध्येको एक मर्चेन्ट बैंक हो । यो कोषले मुख्यतया जलविद्युत, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ ।
 
पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले पुवा खोला जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाले विद्युत उत्पादन थालिसकेको छ । इलाम जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ४ मेगावाट रहेको छ । 
 
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
 
 
 
 
 
 
 

 

प्रकाशित मिति: ६ फागुन २०८०, आइतबार ११ : ५८ बजे