सिभिल हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित डाक्यो साधारण सभा

0
Shares

सिभिल हाइड्रोपावर लिमिटेडले फागुन २८ गते सोमबार वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको हो ।

सभा फागुन २८ गते यस कम्पनीको रजिष्टर्ड कार्यालय, पोखरा–७, कास्कीमा बिहान ११ बजे आह्वान गरिएको छ । सभाबाट आयोजना प्रभावित र स्थानीय बासिन्दाका लाष् िप्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव उपर छलफल भई पारित हुने छ । यस्तै सभामा आर्थिक वर्ष २०७९र८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

साथै सभाले आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।