कैलालीको धनगढीमा लगानीकर्ता सचेतना कार्यक्रम, ३४ नम्बर ब्रोकरको शाखा खुल्यो


भिजन सेक्युरिटिज् प्रा.लि. (स्टक ब्रोकर नं. ३४) को आयोजनामा शनिबार कैलालीको धनगढीमा लगानीकर्ता सचेतना कार्यक्रम आयोजना भएको छ । 
 
ओम प्यालेस, नयाँ वजार, धनगढी, कैलालीमा आयोजित कार्यक्रम संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत आयोजना गरिएको भिजन सेक्युरिटिजले जनाएको छ । 
 
भिजन सेक्युरिटिज् प्रा.लि.ले धितोपत्र कारोवार सम्वन्धी पूर्ण सेवा प्रवाह गर्न नियामक निकायहरुवाट अनुमती लिई रातोपुल धनगढीमा शाखा कार्यालय खोलेको अवसरमा उक्त शाखा समुद्घाटन समेत गरिएको कम्पनीले जनाएको छ । 
 
सुदुर पश्चिम प्रदेश, आर्थिक मामिला मन्त्री माननीय नरेश कुमार शाहीले शाखा उद्घाटन गर्दै प्रशिक्षण कार्यक्रमका सहभागीलाई सम्बोधन गरेका थिए । अहिले चलिरहेको आर्थिक मन्दीमा कमी ल्याउन सर्वसाधरण जनताको लगानी जरुरी रहेको उनले बताएका थिए । 
 
भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले दोश्रो वजारमा कारोवार गर्नको लागि आवश्यक प्रकृया, अनलाईन कारोवार, लगानीकर्ताले ध्यान दिनु पर्ने विषय, अनलाईन कारोवार सम्वन्धी व्यवस्था लगायतका विषयहरुमा कार्यपत्र प्रस्तुत गरेका थिए । 
 
दोश्रो वजारमा कारोवार गर्दा लगानीकर्ताले के–कस्ता विषयमा गल्तीहरु गर्दछन्, के के विषयमा ध्यान पु¥याउनु पर्दछ, विषयगत तथा प्राविधिक विश्लेषण कसरी गर्ने भन्ने विषयमा सुवास चन्द्र भट्टराईले प्रस्तुती दिएका थिए । 
 
उद्योग वाणिज्य संघ धनगढीका बरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले लगानीकर्ताहरुलाई दोस्रो बजारमा लगानी गर्दा बुझेर मात्र लगानी गर्न सचेत गराएका थिए । 
 
भिजन सेक्युरिटिजले यसै साता धनगढीको कैलाली वहुमुखी क्याम्पस, ऐश्वर्या वहुमुखी क्याम्पस र सुदुर पश्चिमाञ्चल एकेडेमीमा समेत लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरेको थियो । 
 
भिजन सेक्युरिटिजले राजधानीमा ३ र मोफसलमा ९ गरी १२ शाखाबाट सेवा प्रवाह गर्दै आएको छ ।
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।