राधी साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु

0
Shares

राधी साना जलविद्युत आयोजनाले पुनः विद्युत उत्पादन थालेको छ । आयोजनाका परिपालना अधिकृत रमेशनाथ योगीका अनुसार फागुन ६ गते दिउँसो ४ बजेबाट आयोजना पूनः सञ्चालनमा आएको हो ।

गत असार २२ गते आएको बाढीले जलविद्युत आयोजनामा क्षति पुगेपछि आयोजनाबाट विद्युत उत्पादन बन्द भएको थियो । विसं २०८० असार २२ देखि अविरल रुपमा भईरहेको बर्षाको कारणले राधी खोलामा आएको बाढी र पहिरोको कारण राधी साना जलविद्युत आयोजनाको हेडवक्र्स र हेडरेस पाइपमा क्षति पुगेपछि असार २२ गते राती ८ः५६ बजेदेखि आयोजनाबाट विद्युत उत्पादन बन्द भएको थियो ।

हाल उक्त समस्याको उचित समाधान गरी फागुन ५ गते राति ८ः२० मा टेस्टिङ्ग कार्य सम्पन्न भएपछि फागुन ६ गते दिउँसो ४ बजेबाट आयोजना पूनः सञ्चालनमा आएको हो । मंगलबारको कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता २६४ रुपैयाँ मूल्यमा कारोबार भैरहेको छ ।

राधी विद्युत कम्पनी लिमिटेडद्धारा प्रवद्र्धित आयोजना हो । कम्पनीले लमजुङमा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । यस आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा जडान गरिएको छ । कम्पनीले यस आयोजनाबाट २०७१ जेठ ३१ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको हो । त्यस्तै, कम्पनीले युनिभर्सल पावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित ११ मेगावाट तलो खारे जलविद्युत् आयोजना, दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित १२ मेगावाटको दोर्दी—१ जलविद्युत् आयोजना, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्शन लिमिटेडद्वारा प्रवद्र्धित ५ मेगावाटको रूकुम गाड जलविद्युत् आयोजनामा पूँजी लगानी गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।