प्रभु इन्स्योरेन्सले माग्यो कर्मचारी

0
Shares

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले केन्द्रीय कार्यालय र शाखा काार्यलयहरुका लागि कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ ।

कम्पनीले सिनियर अफिसर।असिस्टेन्ट म्यानेजर र अफिसर।सिनियर अफिसर पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक र योग्य आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ ।

दुबै पदका लागि आवेदकको उमेर ३५ वर्ष पूरा नभएको हुनुपर्नेछ । सिजियर अफिसर।असिस्टेन्ट म्यानेजर पदका लागि प्रतिष्ठित संस्थाबाट चाटर्ड अकाउन्टेन्ट उत्तिण गरेका हुनुपर्ने र कम्तीमा स्नातक तह उत्तिण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै अफिसर।सिनियर अफिसर पदका लागि कम्तीमा स्नातक तह उत्तिण गरेको हुनुपर्ने र बीमासँग सम्बन्धीत क्षेत्रमा मार्केटिङ अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले उल्लेख गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।