ग्लोबल आइएमई बैंकका सञ्चालक शाहको कार्यकाल समाप्त

0
Shares

ग्लोबल आइएमई बैंकका स्वतन्त्र सञ्चालक देवेन्द्र प्रताप शाहको कार्यकाल समाप्त भएको छ ।

बैंकले शाहको चार वर्षे कार्यकाल प्रचलित कानूत तथा बैंकको नियमावली बमोजिम समाप्त भएको जनाकारी दिएको हो । उनी २०७६ माघ २४ गते बैंकको स्वतन्त्र सञ्चालक चयन भएका थिए ।

चाटर्ड अकाउन्टेन्ट शाहले नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत सहित साढे तीन दश वित्त क्षेत्रमा व्यतित गरेका छन् । नेपाली बैंकिङ क्षेत्रका एक अग्रणी व्यक्ति शाहले कृषि विकास बैंकको सीईओ तथा तत्कालिन बीमा समितिको कार्यकारी अध्यक्ष समेत रहेर कार्य सम्पन्न गरिसकेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।