स्वरोजगार लघुवित्तको सेयर मूल्य समायोजन

0
Shares

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य बिहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा समायोजन भएको छ । नेप्सेले कम्पनीको ९.५० प्रतिशत बोनसको बुकक्लोजमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको बोनस समायोजन पश्चात प्रतिकित्ता सेयर मूल्य ५९१ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ । बिहीबार समायोजन पश्चात तोकिएको मूल्यलाई आधार मानेर स्वरोजगार लघुवित्तको आइतबार दोस्रो बजारमा सेयर कारोबारमा खुल्नेछ ।

लघुवित्तको सेयर बिहीबार प्रतिकित्ता ६३३ रुपैयाँ १० पैसामा अन्तिम पटक कारोबार भएको थियो । काभ्रेको बनेपामा केन्द्रीय कार्यालयमा यस कम्पनीको चुक्ता पुँजी ६२ करोड ७२ लाख ९२८ रुपैयाँ रहेको छ ।

स्वरोजगार लघुवित्तले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर सहित प्रयोजनको लागि ०।३६८ प्रतिशत नगद गरी कुल ७।३६८ प्रतिशत लाभांश वितरण गर्दै छ । उक्त लाभांश पारित गर्न यस कम्पनीले फागुन २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।