यो साता सेयर लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका यी हुन् दश स्क्रिप्ट, कसले कति गुमाए ?

0
Shares

सेयर लगानीकर्ताको मनोबल कमजोर बन्दा यो साताभरी नै सेयर बजार मापक परिसूचक नेप्से घटेको छ । नेप्से यो साता २.७३ प्रतिशत अर्थात ५६.२० अंकले घटेको हो । आइतबार २०६२.०३ बिन्दुमा खुलेको बजार अन्तिम दिन बिहीबार २००५.८३ बिन्दुमा झरेको छ ।

बजार घटेपछि केही कम्पनीका लगानीकर्ताले कमाएपनि अधिकांश कम्पनीका लगानीकर्ताले यो साताको बजारबाट गुमाएका हुन् । यो साता बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर मूल्य १३.४५ प्रतिशतले घटेर ४७६ रुपैयाँमा झरेको छ ।

यसैगरी सिंगटी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि यो साता १२.०८ प्रतिशतले घटेर २११ रुपैयाँमा झरेको छ । यस्तै माउन्टेन हाइड्रो नेपाल लिमिटेडका लगानीकर्ताले ११.०२ प्रतिशत घटेर २५१ रुपैयाँमा झरेको छ । यस्तै एशियन लाइफ इन्स्योरेन्सको १०.८१ प्रतिशतले घटेर ५९४ रुपैयाँ ९० पैसामा झरेको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले पनि यो साता १०.४२ प्रतिशतले गुमाएका छन् । यससँगै भूगोल इनर्जीको सेयर मूल्य ३६० रुपैयाँ २० पैसामा झरेको छ । न्यादी हाइड्रोपावरको सेयर मूल्य सो साता १०.३८ प्रतिशतले घटेर २८५ मा झर्दा मेन्छियम हाइड्रोपावरको पनि १०.३४ प्रतिशतले घटेर ३३ड रुपैयाँमा झरेको छ।

मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावरको सेयर मूल्य अघिल्लो साताको तुलनामा १०.३० प्रतिशतले घटेर २९६ रुपैयाँमा झरेको छ । यस्तै रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको लगानीकर्ताले पनि यो साता १० प्रतिशतले गुमाएका छन् । यससँगै कम्पनीको सेयर मूल्य ४६७ रुपैयाँमा झरेको छ । यस्तै राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सनको सेयर मूल्य यो साता ९.८८ प्रतिशतले घटेर प्रतिकित्ता ३०० रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ।

यस साता कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा छ । सर्वाधिक कारोबार भएको कम्पनीको १ अर्ब ९४ करोड बढीको सेयर खरिद बक्री भएको हो । यस्तै जोशी हाइड्रोपावरको ६६ करोड ९० लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ६५ करोड ५१ लाख, सगरमाथा जलविद्युतको ६० करोड ४५ लाख, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ५५ करोड ४१ लाख, सोनापुर मिनरल्स एण्ड आयलको ५१ करोड ११ लाख रुपैयाँ र ङादी ग्रुप पावरको सेयर यो साता ५० करोड ७ लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।

साताभरमा ३ करोड ५९ लाख ७४ हजार कित्ता सेयर १२ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । यो साता चार कारोबार दिन मात्र सेयर खरिद बिक्री भयो । सरकारले प्रजातन्त्र दिवसको अवसरमा सोमबार सार्वजनिक विदा दिएकाले उक्त दिन सेयर खरिद बिक्री भएन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।