चीनबाट उत्पादित ठूलो विमान सी ९१९ विदेशमा आकर्षण

0
Shares

फेब्रअरी २० तारिख शुरु भएको सिङ्गापुर अन्तर्राष्ट्रिय एयरोस्पेस तथा रक्षा प्रदर्शनीमा चीनबाट उत्पादित ठूलो विमान सी ९१९ तथा क्षेत्रीय विमान एआरजे २१ पहिलो पटक विदेशमा प्रदर्शनी भएको छ। जसले पेशागत दर्शकहरु तथा विभिन्न देशका सञ्चार माध्यमहरुको आकर्षण तानेको छ।

सिङ्गापुर अन्तर्राष्ट्रिय एयरोस्पेस तथा रक्षा प्रदर्शनी शुरु भएको दिन सी ९१९ विमानले अन्तर्राष्ट्रिय पेशागत दर्शकहरुका सामू औपचारिक उडान प्रदर्शनी गरेको छ। चीनबाट उत्पादित ठूलो विमानले विदेशी एयरोस्पेस तथा रक्षा प्रदर्शनीमा उडान प्रदर्शनी गरेको यो पहिलो पटक हो।

सी ९१९ विमानको यस पटकको विदेशी प्रदर्शनलाई बेलायतको रोयटर्स तथा सिङ्गापुरको बिजिनेस टाइम्स लगायत अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले ध्यान दिएका छन्।

सिङ्गापुर एयरोस्पेस प्रदर्शनीको संयोजन पक्षका अनुसार, ५० वटा मुलुक र क्षेत्रका १ हजारभन्दा बढी व्यवसाय र संस्थाहरू सो प्रदर्शनीमा सहभागी भएका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।