शिवम् सिमेन्ट सहित नेप्सेमा तीन कम्पनीको बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शिवम् सिमेन्ट सहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र नेपाल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

स्टकका अनुसार शिवम् सिमेन्टको चुक्ता पुँजीको १४.२५ प्रतिशतले हुन आउने ६२ लाख ७० हजार कित्ता, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत बोनस बराबरले हुन आउने ४४ लाख ९८ हजार ७७ कित्ता र नेपाल इन्स्योरेन्सको १० प्रतिशत हुन आउने ४ लाख ९४ हजार ७६६ कित्ता बोनस आज सूचीकृत भएको हो ।

आइतबार सूचीकृत बोनस सेयर सम्बन्धीत सेयरधनीहरुले डिम्याड खातामा जम्मा भएपछि धितोपत्रको दोश्रो बजार मार्फत कारोबार गर्न सक्नेछन् ।

साधारण सभाका लागि तोकिएको बुकक्लोज अनुसार शिवम् सिमेन्टको बोनस पुस १८ गतेसम्म, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मङ्सिर १० गतेसम्म र नेपाल इन्स्योरेन्सको बोनस सेयर मङ्सिर २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र पाउनेछन् ।

उक्त बोनस सहितको लाभांश शिवम् सिमेन्टको पुस २७ गते सम्पन्न आठौं वार्षिक साधारण सभा, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मङ्सिर २३ गतेसम्पन्न १५ औं र नेपाल इन्स्योरेन्सको बोनस सेयर पुस १३ गते सम्पन्न ७५ औं वार्षिक साधारण सभाबाट पारित भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।