गोर्खाज फाइनान्सको सेयर न्यूनतम १५० रुपैयाँ मूल्य तोकेर बिक्रीमा

0
Shares

गोर्खाज फाइनान्स लिमिटेडले ६२ हजार कित्ता संस्थापक सेयर न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकेर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको बिक्रीमा राखेको हो ।

कम्पनीले बिक्रीमा राखेको एक्त संस्थापक सेयरमा हाल कम्पनीका विद्यमान सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनी आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (फागुन १३ गते) ले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय चारखालरोड, डिल्लीबजार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र सो सेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीबाट कुनै पनिखरिद आवेदन नपरेको खण्डमा सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले बताएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।