राधी विद्युतको बोनस सेयर नेप्सेमा सूचीकृत

0
Shares

राधी विद्युत कम्पनीको बोनस सेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको चुक्ता पुँजीको ४.७५ प्रतिशतले हुन आउने ७ लाख ९६ हजार ९० दशमलव ४१ कित्ता बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
सोमबार सूचीकृत भएको उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री पाउनेछन् ।

राधी विद्युतको २०८० पुस २९ गते सम्पन्न भएको वार्षिक साधारण सभाबाट उक्त बोनस सेयर पारित भएको थियो । साधारण सभाका लागि तोकिएको बुकक्लोज अनुसार उक्त बोनस सेयर पुस १४ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।