सलिको इन्स्योरेन्सद्वारा लाभांश घोषणा

0
Shares

सलिको (सगरमाथा लुम्बिनी) इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीले चुक्तापूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९६ रुपैयाँको ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

यो लाभांशसहितको वित्तीय विवरण बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी साधारण सभाबाट अनुमोदनका लागि पेश गरिने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।