जाल्पा र किसान लघुवित्तले मर्जर प्रस्ताव पारित गर्न डाके साधारण सभा


जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेका छन् ।
दुवै लघुवित्तको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले चैत ९ गतेका लागि सभा आह्वान गरेका हुन् ।

जाल्पा सामुदायिक लघुवित्तले द एसआर होटल, ड्राईभरटोल, रुपन्देहीमा बिहान ९ बजे सभा सुरु हुनेछ भने किसान लघुवित्त वित्तीय संस्थाले ताज प्यालेस, स्पेशियल चोक, गल्फुटार, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले एक आपसमा १ बराबर ०.८८३४ शेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले भविष्यमा अन्य कुनै उपयुक्त लघुवित्तलाई मर्ज वा एक्वायर गर्ने सम्बन्धि आवश्यक कार्य गर्न छ ।

साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा भएको मनोनयनलाई अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

जाल्पा सामुदायिक लघुवित्तले फागुन २४ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार, फागुन २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कारोबार कायम शेयरधनीहरु सभामा भाग लिन योग्य हुने छन् ।

यस्तै, किसान लघुवित्त वित्तीय संस्थाले चैत १ गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार, फागुन ३० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कारोबार कायम शेयरधनीहरु सभामा भाग लिन योग्य हुने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।