मानुषी लघुवित्तले गर्यो श्रृजनशील लघुवित्तसँगै मर्जर नगर्ने निर्णय

0
Shares

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्तसँग मर्जर नगर्ने (डिमर्ज गर्ने) भएको छ । श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै मानुषीले हालको अवस्थामा मर्जर सम्भव नभएको भन्दै डिमर्जको प्रक्रियालाई अघि बढाइएको जनाएको हो ।

यी दुई संस्थाबीच २०७९ चैत्र २ गते मर्जरको लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यस्तै २०८० पुस ११ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरी गत माघ ७ गते अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक र नेप्से पत्राचार गरिसकेको थियो ।

झण्डै एक वर्ष लामो समय मर्जर प्रकृयामा रहेका दुई लघुवित्त राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाउने चरणमा आएर डिमर्ज गर्ने अवस्थामा पुगेका हुन् । मानुषीको प्रमुख कार्यकारी अधिकृत शोभा बज्रार्चायका अनुसार श्रृजनशील लघुवित्तको वित्तीय संस्थाको सन्तोषजनक नदेखिएको र यथास्थितिमा मर्जरको प्रक्रिया अगाडि बढाउने अवस्था नदेखिएको भन्दै फागुन १६ गते सम्पन्न भएको सञ्चालक समिति बैठकले डिमर्ज गर्ने प्रकृया अगाडि बढाउने निर्णय भएको हो ।

उक्त निर्णयका बारेमा लघुवित्तले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से र सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई समेत जानकारी दिएको लघुवित्तले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।