सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सूचीकृत

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार सूचीकृत भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९–८० बाट सेयरधनप्लाई चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने १८ लाख ७५ हजार कित्ता बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद दिएको थियो । सोही बोनस आज नेप्सेमा सूचीकृत भएको हो ।

बिहीबार सूचीकृत बोनस सेयर कम्पनीका बोनस पाउन योग्य लगानीकर्ताले डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

माघ १४ गते सम्पन्न सातौं वार्षिक साधारण सभाका लागि कम्पनीले पुस २९ गते आइतबार बुकक्लोज गरेकाले पुस २६ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र उक्त बोनस पाउनेछन् ।

बोनस पछी कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुगेको छ । उक्त कम्पनीको सेयर बिहीबार प्रतिकित्ता ४३१ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।