दोर्दीखोला र राप्ती हाइड्रोले पाए हकप्रद निष्कासनको पूर्वस्वीकृति

0
Shares

दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेड र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जलविद्युत क्षेत्रको नियामक विद्युत नियमन आगोगबाट हकप्रद निष्कासनको पूर्वस्वीकृति प्राप्त गरेका छन् ।

आयोगको फागुन १५ गते बसको २२४ औं बैठकले दोर्दीखोला जलविद्युत र राप्ती हाइड्रोपावरलाई शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद बिक्री गर्न पूर्वस्वीकृति प्रदान गरेको हो । विद्युत नियमन आयोग नियमावली २०७५को नियम ४५ बमोजिम तोकिएको शर्तहरु पूरा गर्नेरी दुबै कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति प्रदान गरिएको आयोगका लेखा अधिकृत श्यामहरि विजुक्षेले जानकारी दिए ।

आयोगले दोर्दीखोला जलविद्युतलाई १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद बिक्री गर्न अनुमति दिएको हो । दोर्दीखोला जलविद्युत १२ मेगाबाट क्षमताको दोर्दी १ जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी हो ।

यसैगरी राप्ती हाइड्रोपावर एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई पनि आयोगले ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउन अनुमति प्रदान गरेको हो ।

यससँगै दुबै कम्पनीले उक्त अनुपातको हकप्रद निष्कासन गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा लैजानका लागि बाटो खुला भएको छ । साधारण सभाबाट पारित भएको हकप्रद पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डमा पुग्नेछ । बोर्डबाट हकप्रद जारी गर्ने अनुमति पाएपछि कम्पनीले स्वीकृति पाएको २ महीनाभित्र बुकक्लोज र निष्कासन मिति तोकेर बिक्रीमा ल्याउनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।