फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत

0
Shares

फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस सेयर बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ८ लाख ६० हजार ८०९ दशमलव ४६ कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७९–८० बाट वितरण गरेको चुक्ता पुँजीको ७.५० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । गत आवबाट कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ७.५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । सो लाभांश पुस २८ गते शनिबार सम्पन्न भएको चौधौं वार्षिक साधारण सभाबाट अनुमोदन भएको थियो ।

बिहीबार सूचीकृत उक्त बोनस सेयर साधारण सभाका लागि तोकिएको बुकक्लोज मितिको अघिल्लो काराबार दिन पुस ११ गतेसम्म कायम सेयरधनीले मात्र पाउनेछन् । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुकक्लोज गरेको थियो । कम्पनीले नगद लाभांश भने यसअघि नै करकट्टी गरी सम्बन्धित सेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिसकेको छ ।

गत आवबाट बोनस पुँजीकरणपछी लघुवित्त कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख २७ हजार रुपैयाँ पुगेको छ । उक्त कम्पनीको सेयर आज प्रतिकित्ता ५८० रुपैयाँमा कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।