शिवम् सिमेन्टको बोनस डिम्याट खातामा जम्मा

0
Shares

शिवम् सिमेन्टस् लिमिटेडको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ ।

कम्पनीको पुस २७ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट पारित भएको बोनस सेयर साधारण सभा प्रयोजनका लागि तोकिएको बुकक्लोजको अघिल्लो कारोबार दिन पुस १८ गतेसम्म कायम सेयरधनीको डिम्याट खातामा फागुन १४ गतेदेखि जम्मा गरिएको कम्पनीले जनाएको हो ।

आठौं वार्षिक साधारण सभाले चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साथै, भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीको हकमा पनि शेयर अभौतिकीकरण गराएपछि स्वतः हितग्राही खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।