साधना र सबैको लघुवित्तको १:१ अनुपातमा मर्जरमा जाने सम्झौता पारित हुँदै

0
Shares

एक आपसमा मर्जरको क्रममा रहेका साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले एक बराबर एक अनुपातमा मर्जरमा जाने सम्झौता पारित गर्दैछन्।

शनिबार आह्वान गरिएको छुट्टाछुट्टै वार्षिक साधारण सभाबाट दुबै कम्पनीले मर्जरमा जाने सम्झौता अनुमोदन गर्ने भएका हुन् । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीयबीच मर्जरका लागि २०८० भदौ १५ गते शुक्रबार प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

मर्जर पश्चात ‘सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ भने संस्थाले नयाँ कार्यसमिति समेत पाउनेछ । मर्जरपछि केन्द्रीय कार्यालय चितवनमा रहने भएको छ । साधना लघुवित्तको रजिष्टर्ड कार्यालय गोरखा नगरपालिका–६ हरमटारी, गोरखामा रहेको छ भने सबैको लघुवित्तको रजिष्टर्ड कार्यालय तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा रहेको छ ।

साधना लघुवित्तले धादिङ्गको बैरेनीमा रहेको त्रिशुली बीच रिर्सोटमा र सबैको लघुवित्तले फागुन १९ गते बिहान ११ बजेदेखि तनहँको बन्दिपुर ५ मा रहेको रिभर भ्यू रिर्सोटमा सातौं वार्षिक साधारण सभा बोलाएका छन् ।

दुबै लघुवित्तको सभाले मर्जर प्रयोजनको लागि गरिएको समझदारीपत्र, संयूक्त मर्जर समितिबाट भएका निर्णय पारित, दुबै वित्तीय संस्थाको व्यावसायीक योजना, चल अचल सम्पत्ति, दायित्व तथा कारोवारको मुल्यांकन, लेखा परीक्षकको नियुक्ति लगायतको प्रस्तावहरु छलफल गरी पारित गर्ने प्रस्ताव छ ।

हाल साधनाको चुक्ता पुँजी ३८ करोड २२ लाख ५८ हजार ३४५ रुपैयाँ रहेको छ । यस्तै, सबैको लघुवित्तको चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ । मर्जरपछि एकीकृत चुक्ता पुँजी ७० करोड ८ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

साधना र सबैको लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार रोकियो

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।