सिड इनर्जीले आईपीओ ल्याउने, एनएमबि क्यापिटल बिक्री प्रबन्धक चयन

0
Shares

सिड इनर्जीले सर्वसाधारणमा १५ करोड रुपैयाँ बराबरको प्राथमिक सावर्जनिक निष्कासन गर्ने भएको छ ।

आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाउँदै कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । काठमाडौंमा एक कार्यक्रमकाबीच धितोपत्र बिक्री प्रबन्धक नियुक्ति सम्बनधी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा एनएमबि क्यापिटलका सीईओ दिपेशकुमार वैद्य र सिड इनर्जीका सीईओ आशीष श्रेष्ठले हस्ताक्षर गरेका छन् । यो समझेदार सिड इनर्जीको आईपीओ ल्याउन कोशेढुंगा सावित हुने विश्वास गरिएको छ । अब सिड इनर्जीको आइपीओ ल्याउने सम्पूर्ण प्रक्रिया एनएमबि क्यापिटलले अगाडि बढाउने छ ।

सिड इनर्जीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओ सर्वसाधारणलाई बिक्रीमा ल्याउने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।