प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

0
Shares

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको फागुन २० गते सम्पन्न बैठकले गत आर्थिक वर्षबाट चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।२५ नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २१ फागुन २०८०, सोमबार  १० : १० बजे