सेयर बजारमा लाग्यो सर्किट ब्रेकर, २० मिनेटका लागि सेयर कारोबार रोक्का

0
Shares

सोमबारको सेयर बजारमा सर्किट ब्रेकर लागेको छ। कारोबार सुरु भएको तीन मिनेटमा नै नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको हो । यससँगै नेप्सेले बजार २० मिनेटका लागि बन्द गरेको छ ।

सोमबार कारोबार खुलेको पहिलो ३ मिनेट ३० सेकेण्डमा नै ४.०४ प्रतिशतले बढेर २०३९.६० बिन्दुमा पुगेको छ । यससँगै २० मिनेट अवधिका लागि सेयर कारोबार बन्द भएको छ।

एकीकृत माओवादी र कांग्रेसको सत्ता गठबन्धन भत्किएर आजै एमाले सहित नयाँ गठबन्धन बनी सानो आकारको मन्त्रिपरिषद् समेत निर्माण हुने खबर सार्वजनिक भएसँगै नेप्सेमा सर्किट लागेको हो । तीन मिनेटमा नै ३ लाख ६२ हजार बढी कित्ता सेयर १४ कराेड८० लाख रूपैयाँमा खरिद बिक्री भएका छन् । अरूण काबेली, त्रिशुली जलविद्युत कम्पनी, बलेफी हाइड्रोपावर, हिमाल दाेलखा हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावर लगायतकाे सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।