नयाँ सत्ता गठबन्धनका तीन मन्त्रीले आजै शपथ लिने

0
Shares

कांग्रेससँगको गठबन्धन तोडिएसँगै एमाले र रास्वपासहितको बनेको नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरूले आजै शपथ लिने भएका छन्।

सोमबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।

गिरी पर्वत, तामाङ नुवाकोट–१ र अर्याल रास्वपाबाट सामानुपातिकमा निर्वाचित सांसद हुन्। गिरी यसअघि स्वास्थ्यमन्त्री र अर्याल श्रममन्त्री थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापतिसमेत रहेका डीपी अर्याललाई मन्त्री बनाउने भएको छ । तामाङ भने पहिलो पटक मन्त्री बन्न लागेका हुन् । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।