एनआईसी एशिया बैंकद्धारा स्थायी लेखा नम्बर अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्धारा स्थायी लेखा नम्बर अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंक लिमिटेडले खातावालाहलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै ग्राहकहरुको खाताबाट गरिएको करकट्टीको विवरण स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गुर्नपर्ने भएकाले ग्राहकहरुलाई प्यान नम्बर अद्यावधिक गर्नका लागि आग्रह गरेको हो ।

ग्राहकहरुले बैंकको आधिकारीक वेवसाइट तथा वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेटमा ट्याब गरी आफ्नो स्थायी लेखा नम्बर अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ ।

बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई‘ई–टीडीएस’ रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक रहेको बैंकले उल्लेख गरेको छ । प्यान नम्बर अद्यावधि भएपश्चात ग्राहकहरुको कर कट्टीको विवरण सो नम्बरबाट प्रविष्ट हुने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ फागुन २०८०, मंगलबार १४ : ५८ बजे