युनाइटेड बिजनेश होटलको आईपीओ ल्याउन एनआईसी एशिया क्यापिटलसँग सहकार्य

0
Shares

युनाइटेड बिजनेश होटल प्रालिले सर्वसाधारणमा आईपीओ जारी गर्न एनआईसी एशिया क्यापिटलसँग सहकार्य गर्ने सम्झौता गरेको छ।
होटल र क्यापिटलको “आईडिया टू आईपीओ” सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।

क्यापिटलले “आईडिया टू आईपीओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि क्ष्एइ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

सोही सेवा अन्तर्गत काठमाण्डौ वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाण्डौंमा रजिष्ट्रार कार्यालय रहेको युनाइटेड बिजनेश होटललाई क्यापिटलको “आईडिया टू आईपीओ” सेवा अन्तर्गत पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न क्यापिटले सहजीकरण गर्नेछ ।

एनआईसी एशिया क्यापिटलले “आईडिया टू आईपीओ” सेवा अन्तर्गत प्रालिलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्काशन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा सञ्चालन गर्दै आएको छ । उक्त सेवा लिन चाहने कम्पनीहरुले क्यापिटलमा सम्पर्क गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।