सामुदायिक र बिपिडब्लु लघुवित्तको सेयर कारोबार रोक्का

0
Shares

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार रोक्का राखिएको छ ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ (३) बमोजिम उक्त संगठित संस्थाहरुको सेयर कारोबार फागुन २४ गते देखि लागू हुने गरी रोक्का राखिएको नेप्सेले जनाएको छ ।

दुई कम्पनीले फागुन २४ गते बिहीबारदेखि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्ने भएसँगै नेप्सले सेयर कारोबार रोक्का गरेको हो । यसअघि दुबै लघुवित्तले फागुन १० गते नेप्सेमा पत्राचार गर्दै सेयर कारोबार स्थगन गर्न आग्रह गरेका थिए ।

दुबै स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीहरु हुन् ।फागुन २४ बिहीबारदेखि एकीकृत कारोबारसँगै बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनको लागि दुबै कम्पनीको १५ कार्यदिनसम्म सेयर कारोबार रोक्का भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।